पुर्वमा दुप्चेश्वर, पश्चिममा लिखु, उत्तरमा तादी र दक्षिणमा शिवपुरी गाउँपालिकाले घेरेको पन्चकन्या गाउँपालिका भौगोलिक रुपमा लेक बेशी, पहाड, डाँडाँकाडाँ र हिमाली भूभाग मिलेर बनेको सुन्दर र रमणिय गाउँपालिका हो । यस गाउँपालिकामा प्रशस्त मात्रामा खेति योग्य भुमि रहेको पाईन्छ । जनजातिको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जातजाति, भाषा, धर्म रितिरिवाज परम्परा विविधतामा एकता रहेको पाइन्छ । विविध जातजाति रहन सहन धार्मिक सास्कृतिक एवं प्राकृतिक मनोरमका कारण यस गाउँपालिका पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ।